मधेश प्रदेश: मुख्यमन्त्री यादवले एमालेले समर्थन फिर्ता लिएको ३० औं दिनमा विश्वासको मत लिँदै

2 वर्ष पहिले प्रकाशित

जेठ ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेले समर्थन फिर्ता लिएको ३० औं दिनमा विश्वासको मत लिन लागेका हुन ।

संवैधानिक व्यवस्था अनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।

नेकपा एमाले सरकार निर्माणको क्रममा सहभागी भएकाले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचीव रंजितकुमार यदवले जानकारी दिए ।

नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।प्रदेशसभामा १०७ जना सांसद रहेकाले बहुमतको लागि ५४ जना सांसदको आवश्यकता रहेको छ ।हाल प्रदेश सरकारमा एमाले बाहेक सबै दल सरकारमा सहभागी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?