लेग स्पिनर सन्दीप लामिछाने आज दक्षिण अफ्रिका जाँदै
2 वर्ष पहिले प्रकाशित
२०८० जेठ २२ । नेपाल क्रिकेट संघ क्यानले लेग स्पिनर सन्दीप लामिछानेलाई आज दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ । एक नाबालिग किशोरीमाथि बलात्कार गरेको अभियोगमा मुद्धा खेपिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने प्रशिक्षक मोन्टी देसाईंसँगै दक्षिण अफ्रिका जान लागेका हुन् ।
विश्वकप छनोट खेलेर स्वदेश फर्किएपछि उनले अदालतमा नेपाल फर्किएको जानकारी गराउनेछन् भने २९ असारमा तारिख बुझे पछि त्यसको अर्को साता पेसी तोकेर सुनुवाइ सुरू गरिने गरी अदालतले व्यवस्था मिलाएको छ । लामिछानेलाई ‘अपवाद’ का रूपमा लामो समय तारिख स्थगित गर्दै उनको दक्षिण अफ्रिका र जिम्बाबे यात्रा पक्का भएको हो ।
कमेन्ट गर्नुहोस्
view comments