महोत्तरीमा एक भारतीय मृत फेला

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ १८ । महोत्तरीमा एक जना भारतीय मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी गौशाला नगरपालिका(१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ मृत बुधबार फेला परेका हुन् । उनी गाउँ घरमा सर्प खेलाउँदै हिंड्थे । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा राखिएको र उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?