बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ १६ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएका छन् ।

काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसोबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् ।

शुक्रबार बिहान घरबाट कार्र्यालय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो । उनले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै उनको खोजी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?