सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ १२ । सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ ।


प्रहरीका अनुसार राजविराजस्थित शिव इन्टरनेशनल बोर्डिङ सेकेण्डरी स्कुलहमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादवको मृत्यु भएको हो ।राजगढ गाउँपालिका–१ झुटकी निवासी लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छोइएर घाइते भएका थिए ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ । हरेक शुक्रबार विद्यालयमा नियमित खेलकूद प्रतियोगिता आयोजना हुने गरेको छ । सोही क्रममा विद्यालयले नै बिजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त दुर्घटना भएको भन्दै विद्यार्थीहरुले छानबिन र क्षतिपूर्तिको माग गर्दै प्रदर्शन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?