सप्तरीमा एक जना मृत फेला

2 वर्ष पहिले प्रकाशित

२०८० जेठ १२ । सप्तरीमा एक जना मृत फेला परेका छन् ।
जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका कंकालिनी–४ गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल–५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण अस्पताल राजविराज ल्याएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?