उपेन्द्र यादव संसदीय दलको नेतामा चयन
2 वर्ष पहिले प्रकाशित

जेठ ८ । जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव उक्त पार्टीको संसदीय दलको नेतामा चयन भएका छन् ।
आज सोमबार जसपा संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले यादवलाई सर्वसम्मतिले संसदीय दलको नेताका रुपमा चयन गरेको हो । गत मंसिर ४ मा भएको निर्वाचनमा यादव सप्तरी क्षेत्र नम्बर २ मा जमत पार्टीका डा। सीके राउतसँग पराजित भएका थिए । यादव पराजित भएपछि बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव संसदीय दलको नेता चयन भएका थिए । रामसहायप्रसाद उपराष्ट्रपति बनेपछि संसदीय दलको नेता चयन हुन सकेको थिएन । गत वैशाख १० गते भएको प्रतिनिसभा सदस्यको उपनिर्वाचन यादव बारा निर्वाचन क्षेत्र नम्वर २ बाट उनी सांसद पदमा निर्वाचित भएपछि यादव आज जसपा संसदीय दलको नेता चयन भएका हुन् ।
कमेन्ट गर्नुहोस्
view comments