सप्तरीमा १३ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा युवकलाई १८ वर्ष कैद

2 वर्ष पहिले प्रकाशित

बैशाख २७ गते । सप्तरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई १८ वर्ष कैद सजाय भएको छ ।

जिल्ला अदालत सप्तरीका न्यायाधीश डा।राजेन्द्रकुमार आचार्यको इजलासले राजविराज नगरपालिका–१२ विषहरियाका २१ वर्षीय कलदीपकुुमार खंगलाई १८ वर्ष कैद सजाय सुनाएको छ ।

यस्तै, आरोपितले रु सात लाख जरिवाना तिर्नुपर्ने र रु एक लाख ५० हजार पीडितलाई क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला भएको अदालतका सूचना अधिकारी भरतमणि पोखरेलले बताए ।

२०७९ मङ्सिर १ गते राति युवकले बलात्कार गरेको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितले ललाइफकाई छिन्नमस्ता गाउँपालिका–६ लोखरममा बलात्कार गरी भागी फरार भएको पीडितले बताएका थिए ।

२०७९ मङ्सिर २० गते आरोपित पक्राउ परेका थिए । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासको आदेशमा आरोपित गत पुस १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?