मधेश प्रदेशका प्रदेशसभा सदस्यहरु शुक्रबार पद तथा गोपनियताको सपथ लिने

3 वर्ष पहिले प्रकाशित

पुस ११ गते । मधेश प्रदेशका नव निर्वाचित प्रदेशसभा सदस्यहरु शुक्रबार पद तथा गोपनियताको सपथ लिने भएका छन् ।

सोमबार प्रदेशसभामा बसेको सर्वदलीय बैठकबाट पुस १५ गते दिनको २ बजे सपथ ग्रहणका लागि समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयका सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए ।

नेपालको संविधानको धारा १८२ को उपधारा ९५०, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य गोबिन्द बहादुर न्यौपानेले सपथग्रहण गराउने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सपथग्रहणका लागि दुई घण्टा अगावै निर्वाचित प्रदेशसभा सदस्यहरु राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थिति हुन सचिवालयले अनुरोध गरेको छ ।
यस्तै, आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यले तीन दिन अगावै प्रदेशसभा सचिवालयमा जानकारी गराउनु पर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?