गुठी संस्थान जनकपुरधामका कर्मचारीमाथि कार्यकक्षमै हातपात
3 वर्ष पहिले प्रकाशित

मंसिर २९ गते । गुठी संस्थान जनकपुरधामका अमिन प्रभात चन्द्र पोखरेलमाथि कार्यकक्षमै हातपात भएको छ ।
बिहीबार दिउँसो करिव साढे १२ बजेको समयमा नेकपा एमालेका नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले हातपात गरेका हुन् ।अमिन पोखरेलले टेण्डर दर्ता नगर्न दबाब दिँदै एमाले नेता भण्डारीले आफूमाथि कुटपिट गरेको बताए ।
बिहिबार दिउँसो १२ बजेभित्रै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ बस्ने संजय कुमार मण्डलले टेण्डरका लागि आफ्नो टेबलमा फाइल राखेकोले आफूले त्यसलाई दर्ता गर्नलाग्दा एक्कासी आएर भण्डारीले आफूमाथि हातपात गरेको उनले सुनाए ।
भण्डारीले आफूलाई सो टेण्डर दर्ता नगर्न दबाब दिएको र आफूले नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले बताए ।
यता, टेण्डर दर्ता गर्न आएका संजय मण्डलले आफू समयमै गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको दाबी गरे ।
यता, नेता भण्डारीले भने आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरे । उनले अमिन भण्डारीले दिउँसो १२ बजे पश्चात् पनि टेण्डर दर्ता गरेको आरोप लगाए । आफूले उनलाई समयअवधिभित्रै टेण्डर दर्ता गर्न आग्रह गरेको बताए ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कठ्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments