धनुषामा एक महिलाको विभत्स हत्या

3 वर्ष पहिले प्रकाशित

मंसिर २६ गते ।धनुषामा एक जना महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो।

गएराति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवका अनुसार धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरधामको काव्या अस्पतालमा लगिएको थियो । उहाँको उपचारका क्रममा ज्यान गएको हो ।

रितादेवीको हत्याको समयमा उहाँका श्रीमान् वीरेन्द्र अर्को घरमा सुतेका परिवारले जनाएको छ । हत्या गर्नुअघि घरको बिजुलीको लाइन काटिएको थियो । घटनाको केहीबेरमा प्रहरी पुगिसकेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?