धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी, करिब ३० लाख बराबरको क्षति
3 वर्ष पहिले प्रकाशित

मंसिर २२ गते ।धनुषाको एक इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरस्थित अमर चौकमा हिरा ईलेक्ट्रोनिक पसलमा बुधबार राति आगलागी भएको हो ।
धनुषाकै मिथिला नगरपालिका २ नक्टाझिजका हिरा महतोले वर्षौदेखि संचालन गरेको सो पसलमा बुधबार राति करिब साढे १२ बजे आगलागी भएको हो । बारुणयन्त्र, प्रहरी र स्थानीयहरुको सहयोगमा बिहान ३ बजेतिर मात्र आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक बेचन यादवले जानकारी दिए ।
आगलागीबाट पसलमा रहेको फ्रिज, राइसकुकर, पंखा, ग्यसा चुल्हा लगायत सम्पूर्ण समान जलेर करिब ३० लाख मूल्य बराबरको क्षति भएको पीडित महतोले बताए ।
विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments