बारामा सिँचाइ कार्यालयको परिसरबाटै गाडीका ब्याट्री चोरी

3 वर्ष पहिले प्रकाशित

मंसिर १९ गते । बारामा सिँचाइ कार्यालयको परिसरमा रहेको ५ वटा गाडीका ७ वटा ब्याट्री चोरी भएको छ ।

जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको सिंचाइ कार्यालय परिसरमा रहेका ग्रेडरको १५० एम्पियरका २ वटा ब्याट्री र ५ वटा ट्याक्टरका १०० एम्पिपयरका ५ वटा ब्याट्री चोरी भएको नगर प्रमुख बिनोद साहले जानकारी दिए ।

७ जना ट्राफिक प्रहरी र ४ जना कलैया उपमहानगरपालिकाका स्टाफ बस्ने गरेको स्थानबाटै चोरी हुनु लज्जास्पद भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताए ।

साहले लगभग ३ लाखको हाराहारीमा पर्ने ब्याट्री चोरी भएको बताए ।जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले चोरी भएको विषयमा अनुसन्धान शुरु गरेको र यथाशीघ्र चोरलाई पक्राउ गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?