सर्लाहीको पोखरीमा ८ वर्षीया बालिकाको शव फेला

3 वर्ष पहिले प्रकाशित

कात्तिक ८ गते । सर्लाहीको एक पोखरीमा ८ वर्षीया बालिकाको शव फेला परेको छ ।
कबिलासी नगरपालिका ४, जमुनियाँ बस्ने सुनिल पासवानकी ८ वर्षीया छोरी सीताकुमारी पासवानको शव सोमबार फेला परेको हो ।

दिउँसो घरनजिकै पोखरीमा डुबेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए।

बालिका नुहाउने क्रममा पोखरीमा डुबेको आफन्तले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?