रौतहटबाट नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित एकजना पक्राउ

3 वर्ष पहिले प्रकाशित

असोज २७ गते ।प्रहरीले रौतहटबाट एकजनालाई नौ लाखभन्दा बाढी अवैध रुपैयाँसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार सीतामढी जिल्ला बैरगनिया–६ का ३६ वर्षीय राजकुमार भगत रहेका छन ।

भगतको साथबाट ९ लाख ६४ हजार नेपाली रुपैयाँ बरामद भएको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले बताए । बुधबार दिउँसो जिल्ला प्रहरीबाट खटिएको प्रहरी गस्ती टोलीले गौर १ ट्रसमिटर चोकमा विभिन्न सवारी साधन तथा पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको मोटरसाईकल चेक जाँच गर्दा स्रोत नखुलेको उक्त रुपैयाँ फेला परेको प्रवक्ता मल्लले जानकारी दिए ।

बरामद रुपैयाँ र मोटरसाइकलसहित राज कुमार भगतलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?