सप्तरीमा सशस्त्र प्रहरीका असईको हत्या आरोपमा सहकर्मी नै पक्राउ
3 वर्ष पहिले प्रकाशित
.jpg)
असोज २७ गते ।सप्तरीमा सशस्त्र प्रहरीका असईको हत्या आरोपमा सहकर्मी नै पक्राउ परेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका गोविन्दपुरस्थित सशस्त्र प्रहरी बलका असई सत्यनारायण यादवको हत्यामा सहकर्मीकै संलग्नताको आशंकामा एक प्रहरी जवानलाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बलले बुधबार राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खडकालाई मुख्यालय तानेको छ ।
गत असोज २० गते बिहान सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत सशस्त्र प्रहरी सहायक निरिक्षक सत्यनारायण यादव सीमावर्ती बिहार राज्यको मधुवनी जिल्ला अन्तरगत जिरोगा पुनर्वासस्थित घोडदह खोलामा मृत फेला परेका हुन् ।घटनाको अनुसन्धानका लागि प्रदेशबाट पनि नेपाल प्रहरीको अनुसन्धान टोली सप्तरी गएको छ । प्रहरी स्रोतकाअनुसार उनको हत्यामा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री प्रत्यक्ष रुपमा संलग्न रहेको प्रमाणहरु फेला परेका छन् । जवान खत्री अहिले प्रहरी नियन्त्रणमा छन् ।
यद्यपी प्रहरीले यस प्रकरणबारे आधिकारिक रुपमा केही जानकारी दिएको छैन । आरोपी सशस्त्र प्रहरी जवान खत्रीको दरबन्दी अन्यत्रै रहेपनि माथिल्लो तहको अधिकारीको निर्देशनमा छिन्नमस्ता नाका कार्यरत थिए । सशस्त्र प्रहरी स्रोतकाअनुसार जवान खत्री सहायक हवलदारबाट घटुवा भएर जवान भएका व्यक्ती हुन् ।
कमेन्ट गर्नुहोस्
view comments