मधेश प्रदेश :चरेश सहित २ जना पक्राउ

3 वर्ष पहिले प्रकाशित

असोज २७ गते । वीरगञ्जबाट प्रहरीले साढे ९ किलो अवैध लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का करण राय र राज चौरसिया चरेश सहित पक्राउ परेका हुन् ।

वीरगञ्ज–८ रेल्वे रोड खण्डबाट बुधबार दिउँसो ९ किलो ५ सय ग्राम चरेस सहित उनीहरुलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।उनका अनुसार विशेष सूचनाको आधारमा रायलाई चरेश सहित पक्राउ गरिएको थियो । रायको बयानका आधारमा चरेस ओसार पसारमा चौरसियाको पनि संलग्नता देखिएपछि उनलाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक मल्लले बताए ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?