महोत्तरीमा उम्मेदवारी दिएकामध्ये ९ जनाको उम्मेदवारी फिर्ता

3 वर्ष पहिले प्रकाशित

महोत्तरी क्षेत्र नं ३ को प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उम्मेदवारी फिर्ता लिनुभएको छ । आज बुधवार निर्वाचन अधिकृतको कार्यालय जलेश्वरमा उपस्थित भएर शर्माले उम्मेदवारी फिर्ता लिनुभएको हो । उहाँले आउँदो मङ्सिर ४ गते हुन लागेको चुनावमा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यस्तै उम्मेदवारी फिर्ता लिनेमा त्यही निर्वाचन क्षेत्र नं. ३ (ख) को तर्फबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका सफुदिन अन्सारी पनि हुनुहुन्छ ।

क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएका कृष्णप्रसाद देवकोटा र क्षेत्र नं. ४ का स्वतन्त्र उम्मेदवार रामबाबु साहले पनि उम्मेदवारी दिनुभएको छ ।

यस्तै क्षेत्र नं। १ ९क० का स्वतन्त्र उम्मेदवार हरेराम लामा, क्षेत्र नं। १ (ख) का स्वतन्त्र उम्मेदवार राधेश्याम सापकोटा, क्षेत्र नं. २ (क) का स्वतन्त्र उम्मेदवार हरिचन यादव, क्षेत्र नं २ कै स्वतन्त्र उम्मेदवार मुरली यादव र क्षेत्र नं. ४ (क) का स्वतन्त्र उम्मेदवार दिनेशकुमार यादवले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?