मोटरसाइकल दुर्घटनामा परेर जनकपुरधाममा एक युवकको मृत्यु
3 वर्ष पहिले प्रकाशित
.jpg)
असोज २६ गते । जनकपुरधाममा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २३ वर्षीय रामनारायण ठाकुरको मृत्इु भएको प्रहरीले जनाएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा गएराती मृत्यु भएको हो ।मोटरसाइकलको पछाडी सवार स्थानीय २० वर्षीय साजिद रमानीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।
मंगलवार साँझ ५ बजे ज ११ प ७५८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर सडक छेउमा रहेको पोलमा मोटरसाइकल ठोकिएको प्रहरी चौकी जिरोमाईल धनुषाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments