भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन
3 वर्ष पहिले प्रकाशित
.jpg)
असोज २४ गते ।भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री मुलायम सिंह यादवको निधन भएको छ ।
सोमबार बिहान समाजवादी पार्टीका संस्थापक सिंहको गरुग्राममा ८२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
समाजवादी पार्टीले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट सिंहको निधनबारे जानकारी दिएको हो ।स्वास्थ्यमा समस्या देखिएपछि अक्टोबर २ देखि गुरुग्रामा रहेको मेदान्त अस्पतालमा उनलाई भर्ना गरिएको थियो ।यादव तीन पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएका थिए ।
कमेन्ट गर्नुहोस्
view comments