यातायात कार्यालय महोत्तरी बर्दिबासका प्रमुख थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा दिए उम्मेदवारी
3 वर्ष पहिले प्रकाशित

असोज २४ गते । यातायात कार्यालय महोत्तरी बर्दिबासका प्रमुख पोषण थापाले पदबाट राजीनामा दिएर प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन् ।
महोत्तरी क्षेत्र नं १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । थापा अधिकृत छैटौं पदमा कार्यालयको प्रमुख जिम्मेवारी सम्हाल्दै आएका थिए ।
लामो समय सरकारी सेवामा कार्यरत रहे पनि जनताकै मर्म र भावनाअनुरुप चुस्त दुरुस्त सेवा दिँदै आएकाले जनताकै सेवाका लागि उम्मेदवारी दिएको उनले बताए ।
महोत्तरी क्षेत्र नं १ मा सत्ता गठबन्धनका तर्फबाट गिरिराजमणि पोखरेल र एमालेबाट लक्ष्मी महतोले उम्मेदवारी दर्ता गराएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments