२० किलो चरेससहित बाराबाट तीनजना पक्राउ

3 वर्ष पहिले प्रकाशित

असोज २१ गते ।सशस्त्र प्रहरीले लागूऔषध २० किलो चरेससहित बाराबाट तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका १९ नगवा वस्ने वर्ष ३० का मुकेश श्रीवास्तव, वडा नं.-२ छपकैया बस्ने वर्ष १६ का मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ बस्ने वर्ष ३७ का मुस्तान देवान रहेका छन् ।

शुक्रबार बिहान बाराको पचरौता नगरपालिका ७ बेनोली स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण आरा मातहत रहेको सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट बेनौलीबाट खटिएको टोलीले उनीहरुलाई चेकजाँचको क्रममा पक्राउ गरेको हो ।नेपालबाट भारततर्फ ना.१ ह. ६२३४ नम्बरको अटोमा २ वटा ग्यालेनमा २० किलो चरेश लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद लागूऔषध २० किलो चरेससहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको सशस्त्र प्रहरी मधेश प्रदेशका डिआजी गणेश ठाडा मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?