बारामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो

3 वर्ष पहिले प्रकाशित

असोज २१ गते ।बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ अम्लेखगञ्जमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

गम्भीर घाइतेमध्ये थप दुई जनाको मृत्यु बाराका प्रहरी प्रबक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

दुर्घटनामा परि गम्भीर घाइते भएका पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ लखनपुर बस्ने ५५ वर्षका गया राउत कम्करको हेटौँडा अस्पतालमा र वीरगञ्ज-१६ नगवा बस्ने ६० वर्षीया मलती देवी चौरसियाको नारायणी अस्पतालमा उपचारको क्रममा बिहीबार राती मृत्यु भएको थापाले बताए ।

दुर्घटनामा परी घाइते भएका अन्यको हेटौँडाको विभिन्न अस्पतालमा उपचार भइरहेको उनले बताए । मृतक मध्ये १० जना पुरुष र ८ जना महिलाहरू रहेका छन् ।

बिहीबार बिहान नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटनामा परेको थियो ।

यात्रुबाहक बस बिहान साढे १० बजेको समयमा जीतपुर सिमरा उपमहानगरपालिका-२२ अमलेखगञ्जस्थित ३ नम्बर पुलबाट तल खोलामा खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?