सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका असई भारतमा मृत फेला

3 वर्ष पहिले प्रकाशित

असोज २१ गते । सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक जना असई भारतमा मृत फेला परेका छन् ।सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव मृत फेला परेका हुन् ।

भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा बिहीबार उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।सिरहाको भगवानपुर २ का बासिन्दा बासिन्दा यादव सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजमा कार्यरत थिए । असोज १८ गतेदेखि २१ गतेसम्मका लागि विदामा रहेका उनी उनी दशगजा क्षेत्रदेखि तीन किलोमिटर दक्षिण मृत भेटिएका हुन् ।

उनको शवलाई भारतको कानुनी प्रकृया पूरा गरी नेपाल ल्याइएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश सिंहले जानकारी दिए ।

उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?