सिराहामा जसपा केन्द्रीय सदस्यसहित नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा
4 वर्ष पहिले प्रकाशित
असोज २० गते ।सिराहामा जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय सदस्यसहितका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका छन् ।
जसपा नेपालका केन्द्रीय परिसद् सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरूले एक कार्यक्रम आयोजना गरी पार्टीबाट सामूहिक राजीनामा दिएका हुन् ।
जसपाले पार्टीको रूपमा काम गरेकाले सामूहिक राजीनामा दिएको जसपा नेपालका केन्द्रीय परिसद् सदस्य रामचलितर साहले बताए । जसपाका नेताहरूले पार्टीलाई आफ्नै विरासत सम्झिने गरेकोले आफूहरू बाध्य भएर राजीनामा गर्नुपरेको उनको भनाइ छ ।
जसपाले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर विकास निर्माणको काममा सिराहा शून्य रहेको उनले दुस्ख व्यक्त गरे । पार्टीले मुख्य एजेन्डा छोडेपछि आफूहरू पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए ।
सामूहिक राजीनामा दिएका नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दाबी छ । जसपाका मधेश प्रदेश सदस्य मनोजकुमार सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य र दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखका प्रत्यासी थिए ।सिंहलाई मंसिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ बाट टिकेट दिने भएकोले जसपा परित्याग गरी एमाले प्रवेश गर्ने स्रोतले दाबी गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments