जनकपुरधामको शक्तिपिठमा बाजागाजासहित फूलपाती भित्र्याइयो

3 वर्ष पहिले प्रकाशित

असोज १६ गते । जनकपुरधामको शक्तिपिठमा बाजागाजासहित फूलपाती भित्र्याइएको छ ।

दसैँको सातौ दिन जनकपुरधामको राजदेवी मन्दिरसहितका शक्तिपिठहरुमा फूलपाती भित्र्याइएको हो ।

आइतबार सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मरवाडी सेवा समिती पुगेर बेलको फल टिपी फूलपाती भित्र्याइएको छ ।

जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निष्केको भक्तजनहरूको समूहले शक्तिपीठभन्दा नजिक रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?