मधेश प्रदेश पार्टीको अवस्थाबारे जिल्ला तहबाटै प्रचण्ड लिने रिपोर्टिङ
3 वर्ष पहिले प्रकाशित

असोज १४ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेश प्रदेशको पार्टीको अवस्थाबारे जिल्ला तहबाटै रिपोर्टिङ लिने भएका छन् ।
मधेश प्रदेश कमिटी बन्न नसकेपछि यस प्रदेशका ८ जिल्लाको चुनावी गतिविधि र पार्टीका अन्य काम कारबाही प्रचण्डले सिधै जिल्लाबाट लिने भएका हुन् ।
आगामी मङ्सिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा चुनावको अवधिभर प्रचण्डले मधेसका ८ जिल्लाको अवस्थाको सिधै केन्द्रबाट हेर्ने पार्टीका पोलिटब्यूरो सदस्य विश्वनाथ साहले बताए ।
कमेन्ट गर्नुहोस्
view comments