दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै
3 वर्ष पहिले प्रकाशित

असोज १३ गते । दशैँको चौथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिँदैछ ।
कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।
उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैँमा यसको पूजाआजा गर्ने चलन छ ।
आज पनि बिहानैदेखि जनकपुरधाम सहित देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको भिड छ ।
कमेन्ट गर्नुहोस्
view comments