सिराहामा निर्वाचलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन

3 वर्ष पहिले प्रकाशित

असोज १२ गते। सिरहा प्रशासनले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ ।

सिरहा प्रशासनले बुधवार एक सूचना जारी गर्दै असोज मसान्त भित्र आफुसँग भएको हातहतियार तथा गोलिगट्टा जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

निर्धारण गरेको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम भै जाने प्रजिअ कवारीद्वारा जारी सूचनामा उल्लेख गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?