सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना गरे सार्वजनिक

3 वर्ष पहिले प्रकाशित

असोज १० गते । सप्तरी प्रहरीले चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ।

सोमबारदेखि सुरु हुन लागेको दशैँ तथा दिपावली एवं छठ पर्वलाई लक्षित गर्दै सप्तरीमा करिब ७ सय प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

चाडपर्व अवधिमा सवारी दुर्घटना, चोरी, डकैती, लुटपाट, विष्फोटक पदार्थको तस्करी, कालोबजारी, दुर्घटना न्यूनीकरण, झै–झगडा तथा हिंसात्मक घटनाहरू हुन नदिनका लागि विशेष सुरक्षा योजना बनाइएको प्रवक्ता काफ्लेले जानकारी दिए।

चाडपर्वलक्षित गर्दै जिल्लामा प्रहरी परिचालन गर्नुका साथै १७ वटा चार पाङग्रे र ३६ वटा दुई पाङ्ग्रे गाडी परिचालन गरिने तथा सूचना संकलनको लागि सादा पोशाकमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाइने प्रवक्ता काफ्लेले बताए।

सप्तरी प्रहरीले सार्वजनिक गरेको विशेष सुरक्षा योजना कार्तिक १४ गतेसम्म जारी रहने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?