लोसपाको प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश

3 वर्ष पहिले प्रकाशित

भदौ ३० गते । लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरीया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् ।

आगामी असोज ८ गते धनुषा निर्वाचन क्षेत्र नम्वर २ को तीनकौरिया चोकमा हुने वृहत् कार्यक्रममा उनी नेकपा एमालेमा प्रवेश गर्न लागेका हुन् ।

गत सोमवार नेपाली कांग्रेसका पूर्व धनुषा उप–सभापति सन्तोष यादव सहित केही सांसदहरु एमाले प्रवेश गरेका थिए भने ८ गते हुने कार्यक्रममा लोसपाका प्रमुख सचेतक सहित हजारौं जना प्रवेश गर्ने कार्यक्रम रहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा नेता संजीव झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?