सप्तरीमा ८५ भूमिहीनलाई लालपुर्जा बाढ्यो

3 वर्ष पहिले प्रकाशित

भदौ २९ गते ।सप्तरीमा ८५ भूमिहीनलाई लालपुर्जा दिइएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा ८५ भूमिहीन सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण गरेकी हुन् ।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिकाको वडा नं. ४ मा आयोजना गरेको भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितको समस्या समाधानको कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताइन् ।


उनले स्थानीय तहले उर्वर भूमिलाई आवासीय क्षेत्रमा वर्गीकरण गरेको सुनिएको भन्दै आजलाई त्यो फाइदा भएको देखिए पनि त्यसले दिगो रूपमा ठुलो असर पार्ने भएकाले त्यसो नगर्न र भूमिको उचित मूल्याङ्कन गरी कृषि योग्य भूमिको संरक्षण गर्न आग्रह समेत गरेकी छन् ।

यस आर्थिक वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी अगाडी बढेको मन्त्री श्रेष्ठले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?