बागमती सरकारको तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय
3 वर्ष पहिले प्रकाशित

२८ भदौ ।बागमती प्रदेश सरकारले आफ्नो अन्तिम समयमा कामकाजी भाषा तोकन लागेको छ ।
बागमती सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।
यसका लागि सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
मधेश प्रदेश सरकारले भने अहिले सम्म आफ्नो कामकाजी भाषा चयन गर्न सकेको छैन । मधेश प्रदेशमा सबैभन्दा बढी बोलिने भाषा मैथिली हो भने त्यसपछि भोजपुरी भाषा बोलिन्छ ।
कमेन्ट गर्नुहोस्
view comments