सप्तरीमा दुईवटा मुद्दामा फरार रहेका दुई अभियुक्त पक्राउ

3 वर्ष पहिले प्रकाशित

२८ भदौ । सप्तरीमा दुईवटा मुद्दामा फरार रहेका दुई अभियुक्त पक्राउ परेका छन् । चोरी मुद्दामा राजविराज नगरपालिका ६ बस्ने २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर पक्राउ परेका छन् ।

सप्तरी जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका मेहतरलाई कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको छ ।

यस्तै चोरी मुद्दामा जिल्ला अदालतबाट २०७८ चैत १४ गते पाँच महिना कैद र पाँच हजार जरिवाना ठहर भएको थियो।

आरोपितले २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी बस्ने ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेका थिए।

यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका सुरुङगा नगरपालिका २ पिप्रा पश्चिमका ३५ वर्षीय शिवराज दाहाललाई पनि पक्राउ परेका छन् ।

२०७५ चैत ३ मा अदालतले दाहाललाई एक महिना १५ दिन कैद ठहर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?