पर्साको चारवटै निर्वाचन क्षेत्रबाट माओवादीद्वारा उम्मेदवारको सिफारिस

3 वर्ष पहिले प्रकाशित

भदौ २३ गते ।नेकपा माओवादी केन्द्रले पर्साको चारवटै निर्वाचन क्षेत्रबाट आफ्ना उम्मेदवारहरूको सिफारिस गरेको छ।

पार्टीले जिल्लाको चारवटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सांसदका लागि र आठवटा प्रदेश सभा सांसदका लागि उम्मेदवार सिफारिस गरेको हो।

माओवादी केन्द्र पर्साले विज्ञप्ति जारी गरी पर्साको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा सांसदको लागि जफ्फर अन्सारी, २ बाट बालकृष्ण श्रेष्ठ, ३ बाट डा। सुभाष यादवको नाम पार्टीको मधेस प्रदेश समितिमा सिफारिस गरेको हो।

यस्तै, क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सांसदको उम्मेदवारका लागि टेक बहादुर शाक्य र इमदाद गदी गरी दुई जनाको नाम सिफारिस गरिएको माओवादी केन्द्र पर्साले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

जिल्लामा रहेका आठवटा प्रदेश निर्वाचन क्षेत्रहरूमध्ये क्षेत्र नम्बर एक (क)बाट रहबर अन्सारी, पस्मिना कादरी र प्रभु यादवको नाम सिफारिस गरिएको माओवादी केन्द्र पर्साका इन्चार्ज विजय महतोले जानकारी दिए।

यस्तै, एक (ख) बाट सुरेन्द्र गुप्ता, क्षेत्र नम्बर २(क) बाट अमिताभ बच्चन दास, ‘ख’ बाट प्रभाकर गुप्ता, क्षेत्र नम्बर ३ 9क) बाट बालेश्वर थारु, ‘ख’ बाट छोटेलाल यादवको नाम सिफारिस गरिएको महतोले बताए।

यसैगरी क्षेत्र नम्बर ४ (क) बाट वीरेन्द्रप्रसाद यादव र विजय महतो,‘ख’ बाट शेष चाँद तार र सन्तोष पटेलको नाम सिफारिस गरिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?