‘मिटरब्याजी’ मन्टुलाई कारवाही माग गर्दै जिल्ला अदालत मोरङ परिसरमा धर्ना

5 वर्ष पहिले प्रकाशित

२०७७ माघ १३ गते 

 

मिटरब्याजमा रकम लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका मन्टु भनिने सञ्जय रौनियारलाई कारवाही गर्न माग गर्दै पीडितहरुले जिल्ला अदालत मोरङ परिसरमा धर्ना दिएका छन् ।

सरकारी वलिकको कार्यालयलले जिल्ला अदालत मोरङमा अपराधिक लाभ र ठगी मुद्दा दर्ता गराएपछि पीडितले हदैसम्मको कारवाही माग गर्दै मंगलबार अदालत परिसरमा धर्ना दिएका हुन् ।

चर्को ब्याजमा ऋण दिएर जबर्जस्ती असुल गरी गठी गरेको आरोपमा प्रहरीले विराटनगर– ९ घोगापुल चोकका ४२ रौनियारलाई एक महिना अघि पक्राउ गरेको थियो । रौनियार विरुद्ध जिल्ला अदालत मोरङमा १७ वटा मुद्दा दर्ता गराएको छ ।

पीडितलाई न्यायको माग गर्दै अदालत परिसरमा धर्ना दिएको पीडितमध्येका एक मोरङ धनपालथान गाउँपालिका– ७ का ३६ वर्षीय बिनोदकुमार सिंहले बताए ।

प्रहरीका अनुसार गाउँका चिनेजानेका मान्छे मार्फत पैसा अभाव भएकाहरुलाई धनीपूर्जा राखेर महंगो ब्याजमा पैसा दिने, धम्काएर पैसा असुल्ने र पैसा तिर्न सक्ने अवस्था नभएपछि जग्गा आफ्नो नाममा गर्ने गरेको आरोप मन्टुमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?