सम्झौता अनुसार सरकारले उखु किसानको बाँकी रकम भुक्तानी नगराएकाले पुनः आन्दोलनको घोषणा

5 वर्ष पहिले प्रकाशित

माघ ८ , २०७७

सम्झौता अनुसार सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी नगराएकाले उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको हो ।

संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको बताएको छ ।

माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने लगायतको आन्दोलनको कार्यक्रम संघर्ष समितिले घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?