यस वर्षकै सबै भन्दा बढी चिसोका कारण जनकपुर बाट काठमाण्डौ उडान भर्ने सबै जहाज रद्ध

5 वर्ष पहिले प्रकाशित

राकेश साह

माघ २ , २०७७

जनकपुरधाम , माघ २ । अत्याधिक चिसोका कारणले जनकपुर विमान स्थलका सम्पुर्ण उडान प्रभाबित भएको छ ।
यस वर्षकै सबै भन्दा बढी चिसोका कारण जनकपुर बाट काठमाण्डौ उडान भर्ने सबै जहाज प्रभावित भएको हो । शुक्रबार उडान भर्न भनिएको जहाजहरु रद्ध भएका छन् ।

प्रत्येक दिन जनकपुर बाट काठमाण्डौ नियमित उडान गर्दै आएको बुद्ध एयर ,येती एयर र श्री एयरको उडान रद्ध भएको बुद्ध एयरका कार्यालय प्रमुख विजय प्रशाद सिंह ले जनाएको छ । उनले जहाजहरुलाई नियमित उडान भर्नको लागि कम्तीमा १ हजार ५ सय मिटर भिजिबिल्टी हुनुपर्दछ । तर ३ सय भिजिबिल्टी मात्र भएको कारणले सम्पुर्ण उडान रद्ध गरिइएको बताए ।
मौसम खराबका कारणले विमान कम्पनीलाई दैनिक लाखौ घटा भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?