अत्यधिक वायु प्रदुषणले हवाइ उडान प्रभावित, १२ सय भन्दा कम भिजिबिलिटी
5 वर्ष पहिले प्रकाशित
२१ पुस , २०७७
अहिलेसम्मकै उच्च वायुप्रदुषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित हुन पुगको छ । वायु प्रदुषणका कारण भिजिविलिटी कम भएपछि २० मिनेट विमानस्थलको सेवा बन्द गर्नुपरेको त्रिभुवन विमानस्थलका प्रमुख देव चन्द्रलाल कर्णले जानकारी दिए ।
कर्णका अनुसार मंगलबार दिउँसो १ः३० बजेदेखि १ः५० सम्म २० मिनेट विमानस्थल बन्द गरिएको हो । सो समयमा विमानस्थलबाट टेकअफ (उड्ने) अराइभल (आगमन) हुने दुबै तर्फका विमानहरुलाई आकाशमै होल्ड गराइएको थियो ।
जुन समयमा मलेसियाबाट नेपाल आउँदै गरेका फ्लाइट मालिनोसहित आन्तरिक ४ गरी ५ वटा उडान प्रभावित हुन पुगेको विमानस्थल प्रमुख कर्णले जानकारी दिए ।
हवाई उडान तथा ल्यान्डिङका लागि न्यूनतम १ हजार २ सय मिटरको भिजिविलिटी आवश्यक रहेपनि मंगलबार एक हजार मिटर जतिको मात्र भिजिविलिटी रहेको थियो । जसका कारण उडानमा समस्या आएको विमानस्थल प्रमुख कर्णले बताए ।
कमेन्ट गर्नुहोस्
view comments