मन्त्रिपरिषद बैठकद्वारा रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने सहितका १७ वटा निर्णय गरियो
5 वर्ष पहिले प्रकाशित
१७ पुस , २०७७
पुस १० र १५ गते बसेको मन्त्रिपरिषद बैठकले १७ वटा निर्णय गरेको छ ।
सरकारले रेलवे सुरक्षामा सशस्त्र प्रहरीलाई खटाउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।
बैठकले सेनाका डा.देवेन्द्रबहादुर खत्रीलाई प्राविधिक उपरथी दर्जामा बढुवा गर्ने निर्णय गरेको छ भने नेपाल प्रशासनिक प्रशिषण प्रतिष्ठानको रिक्त वरिष्ठ अध्ययन निर्देशक (विशिष्ठ श्रेणी) पदमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयका सचिव आनन्दराज ढकाललाई काजमा खटाउने निर्णय गरेको छ ।
कमेन्ट गर्नुहोस्
view comments