रञ्जिता श्रेष्ठले रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी
3 घन्टा पहिले प्रकाशित
काठमाडौं, भाद्र ३१ गते ।नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले आफ्ना पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छन्। सामाजिक सञ्जालमा रञ्जिताले लेखेको स्टाटसलाई कतिपयले सम्बन्धविच्छेदको तयारीका रूपमा व्याख्या गरे पनि उनले आफूले सम्बन्धविच्छेद नभई बहुविवाहसम्बन्धी कानुनी उपचार खोज्न लागेको स्पष्ट पारेकी छन्। उनले आफू बहुविवाहको मुद्दा दर्ता गर्ने तयारीमा रहेको पुष्टि गरेकी छन्।
रञ्जिता र रेशमबीच कानुनी रूपमा सम्बन्धविच्छेद नभएको अवस्थामा रेशमले आशा चौधरीसँग दोस्रो विवाह गरेको विषयलाई लिएर विवाद बढेको हो। प्राप्त विवरणअनुसार रेशम र आशाको विवाह दर्ताका लागि प्रयास भइरहेको जानकारी पाएपछि रञ्जिताले कानुनी कदम चाल्ने तयारी गरेकी हुन्। दाम्पत्य तथा राजनीतिक सम्बन्धमा देखिएको मतभेदपछि उनीहरू अलग बस्दै आएका छन्।
कमेन्ट गर्नुहोस्
view comments