कांग्रेसको निर्णय: १४औँ महाधिवेशनबाट निर्वाचित सबैलाई केन्द्रीय समितिमा समेट्ने

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, भाद्र २९ गते । नेपाली कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित भए पनि विशेष महाधिवेशनपछिको समितिमा नरहेका सबै नेताहरूलाई केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले त्यस्ता नेताहरूलाई केन्द्रीय सदस्यको हैसियत दिने बाटो खुलाएको हो।

प्रवक्ता देवराज चालिसेका अनुसार अब १४औँ महाधिवेशनबाट निर्वाचित तर हालको समितिबाट बाहिर रहेका केन्द्रीय सदस्यहरू पुनः केन्द्रीय समितिमा समावेश हुनेछन्। यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले ती सदस्यलाई नयाँ संरचनामा समायोजन गर्नुपर्ने माग राख्दै आएको थियो। बैठकले वडा तहको अधिवेशन असोज ३ र ४ गते सम्पन्न गर्ने तथा असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन आयोजना गर्ने निर्णय समेत गरेको छ। साथै, महाधिवेशनको उद्घाटन र बन्दसत्र काठमाडौँको खुला मञ्चमै गर्ने र सबै पक्षको सहभागिता सुनिश्चित गर्न संवाद तथा सहमतिको प्रयास जारी राख्ने पार्टीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?