वाराणसी विमानस्थलमा यात्रुको पेस्तोलबाट आकस्मिक गोली चल्दा दुई जना घाइते

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, श्रावण ३१ गते । वाराणसी विमानस्थलमा एयर इन्डियाको विमानबाट मुम्बई जान लागेका एक यात्रुको पेस्तोलबाट आकस्मिक रूपमा गोली चल्दा दुई जना घाइते भएका छन्। आजमगढ निवासी ती यात्रु श्रीमतीसँगै एयर इन्डियाको उडानबाट मुम्बई जाने तयारीमा थिए। उनीसँग पेस्तोल र त्यसको म्यागजिन रहेको र उनले त्यसबारे सुरक्षा जाँचका क्रममा जानकारीसमेत गराएका थिए।

विमानस्थल प्रशासनका अनुसार आइतबार बिहान करिब ९ः३० बजे उडान नम्बर आईएक्स–१८१० का लागि सुरक्षा जाँच भइरहेका बेला पेस्तोलबाट एक राउन्ड गोली चलेको थियो। गोली जमिनमा ठोक्किएपछि नजिकै रहेका दुई जना एएआईसीएलएएस सुरक्षा जाँचकर्तालाई लागेको थियो। घाइतेमध्ये एक महिला कर्मचारीसमेत रहेको बताइएको छ। दुवैलाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनाबारे स्थानीय प्रहरीलाई जानकारी गराई थप अनुसन्धान भइरहेको छ।

 
 
 
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?