श्रीमतीले मोबाइल फोन श्रीमानको टाउकोमा प्रहार गर्दा मृत्यु
13 घन्टा पहिले प्रकाशित
एजेन्सी, असार २९ गते । सामान्य पारिवारिक विवादले ओडिशाको बोलाङ्गीर जिल्लामा दर्दनाक घटना निम्त्याएको छ। श्रीमतीले मोबाइल फोनले टाउकोमा प्रहार गर्दा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार शनिबार राति घरमा सामान्य विषयलाई लिएर श्रीमान्–श्रीमतीबीच विवाद भएको थियो। भनाभन बढ्दै गएपछि आवेगमा आएकी श्रीमतीले हातमा रहेको मोबाइल फोनले श्रीमान्को टाउकोमा प्रहार गरेकी थिइन्। प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल बोलाङ्गीर जिल्ला अस्पताल लगिएको थियो।
अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सुधार भएको भन्दै चिकित्सकले उनलाई घर पठाएका थिए। तर घर पुगेको केही समयमै उनको अवस्था पुनः बिग्रिएपछि परिवारले तत्काल अस्पताल पुर्याएको थियो। उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। मृत्युको वास्तविक कारण पत्ता लगाउन पोस्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ। रिपोर्ट र अनुसन्धानबाट तथ्य खुलेपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments