युवतीमाथि सामूहिक बलात्कार आरोपमा तीन जना पक्राउ
12 घन्टा पहिले प्रकाशित
काठमाडौं, जेठ २६ गते । धनगढी उपमहानगरपालिका–१६ की एक १८ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्दसहित १६ र १७ वर्षीय दुई किशोर रहेका छन्। उनीहरूलाई आइतबार नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार गत जेठ २१ गते राति भएको घटनाबारे पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट खटिएको टोलीले आरोपितहरूलाई पक्राउ गरेको हो। हाल तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। पीडित युवतीको स्वास्थ्य परीक्षण सम्पन्न गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ भने घटनामा संलग्नमध्ये एक जना युवतीका प्रेमीसमेत रहेको खुलाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments