जनगणनाको नाममा ठगी: लिंक क्लिक गर्नासाथ बैंक खाता खाली
एजेन्सी, बैशाख १५ गते । बिहारमा जनगणनाको नाममा साइबर ठगीका घटना बढ्दै गएका छन्। जनगणना 2027सँग सम्बन्धित भन्दै ठगहरूले सर्वसाधारणलाई फोन, SMS र व्हाट्सएपमार्फत लिंक पठाएर जालमा पारिरहेका छन्। उक्त लिंकमा क्लिक गर्नासाथ मोबाइल ह्याङ हुने र पृष्ठभूमिमा प्रक्रिया चल्दै बैंक खाताबाट रकम चोरी हुने गरेको पाइएको छ। विशेषगरी ग्रामीण क्षेत्रका डिजिटल जानकारी कम भएका मानिसहरूलाई लक्षित गरेर यस्तो ठगी भइरहेको प्रहरीले जनाएको छ।
बिहार पुलिसले यस्ता घटनाप्रति सचेत रहन आग्रह गर्दै स्व–गणना केवल आधिकारिक पोर्टलमार्फत मात्र गर्न सुझाव दिएको छ। कुनै अपरिचित लिंक नखोल्न, अनजान व्यक्तिको निर्देशनमा एप डाउनलोड नगर्न र शंकास्पद कल वा सन्देश आएमा तुरुन्त १९३० मा सम्पर्क गर्न भनिएको छ। प्रहरीले सचेतना नै यस्ता ठगीबाट बच्ने मुख्य उपाय भएको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments