सत्तू विक्रेताले ड्राइभरको टाउको काटे, भीडले आरोपीको मब लिन्चिङ

11 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत्र २७ गते । बिहारको अररिया जिल्लाको फारबिसगंजमा बिहीबार बिहान एउटा सामान्य पार्किङ विवादले डरलाग्दो रूप लियो। फारबिसगंज मार्केटिङ यार्ड नजिकै  करिब १० बजे सत्तू बेच्ने ३२ वर्षीय रवि चौहान र पिकअप भ्यानका ड्राइभर ४२ वर्षीय नबी हुसैनबीच गाडी साइड लगाउने विषयमा विवाद भयो। विवाद बढ्दै जाँदा रवि चौहानले अचानक धारिलो चक्कु निकालेर नबी हुसैनमाथि आक्रमण गरे र उनको टाउको धडबाट अलग गरेर काटिदिए। हत्यापछि रविले काटिएको टाउको हातमा बोकेर मण्डीको अर्को ठाउँमा राखिदिए, जसले पूरै क्षेत्रमा आतंक मच्चियो।

नबी हुसैनको हत्या भएको खबर फैलिएपछि आक्रोशित भीडले रवि चौहानलाई खोजेर कुटपीट गर्दै मारेको छ। घटनापछि फारबिसगंज शहरमा तीन–चार घण्टासम्म तनाव र अराजकता फैलियो। गुस्साए मानिसहरूले आगजनी, तोडफोड गरे, अस्पतालमा क्षति पुर्‍याए र एम्बुलेन्ससमेत बिगारे। अररिया एसपी जितेन्द्र कुमारको नेतृत्वमा प्रहरीले स्थिति नियन्त्रणमा ल्याएको छ। दुवै शवको पोस्टमोर्टमका लागि अररिया पठाइएको छ।

**तेजस्वी यादवको प्रतिक्रिया**
बिहारका पूर्व उपमुख्यमन्त्री तथा विपक्षी नेता तेजस्वी यादवले घटनालाई लिएर राज्यमा कानुन व्यवस्था पूर्ण रूपमा चरमराएको बताउँदै यसलाई “महाचौपट राज” को उदाहरण भनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?