पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार: दाजुभाइको हत्या, अभियुक्त पक्राउ

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २६ गते । पाटन कृष्ण मन्दिर परिसरमा चक्कु प्रहार गरी दुई दाजुभाइको हत्या गरिएको छ। चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका २६ वर्षीय भाइ सिर्जन नेम्बाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सञ्जीव नेपालीले उनीहरूमाथि चक्कु प्रहार गरेका हुन्। गम्भीर घाइते भएका दाजुभाइलाई बीएन्डबी अस्पताल लगिएको थियो, जहाँ उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो। होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न दुई जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरिसकेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार घटनाको सुरुवात फोनबाट भएको विवादबाट भएको हो। अपरिचित नम्बरबाट आएको फोनमा भनाभन भएपछि सञ्जीवले नेम्बाङ दाजुभाइलाई पाटन बोलाएका थिए। त्यसपछि इमाडोलबाट पाटन पुगेका उनीहरूमाथि मासु पसलमा काम गर्ने सञ्जीवले मासु काट्ने हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?