बिहारमा सामूहिक बलात्कार: दुई युवक पक्राउ

2 दिन पहिले प्रकाशित

एजेन्सी, पुष १४ गते । बिहारको रोहतास जिल्लामा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। शिवसागर थाना क्षेत्रमा शुक्रबार राति घरबाट बाहिर निस्केकी युवतीमाथि दुई जना युवकले बलात्कार गरेको स्थानीय प्रहरीले जनाएको छ। घटनापछि दुवै आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।

पीडितले घटनापछि घरमा पुगेर परिवारलाई जानकारी दिएपछि प्रहरीमा उजुरी दर्ता भएको थियो। प्रहरीले तुरुन्त कारबाही गर्दै दुवै आरोपितलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै युवक उत्तराखण्डको उधमसिंह नगर जिल्लाका बासिन्दा रहेको र हार्भेस्टर अपरेटरको रूपमा काम गर्दै आएको खुलेको छ। प्रहरीले पीडितको बयान लिई चिकित्सकीय परीक्षणका लागि पठाइसकेको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?