लालू प्रसादको नजिकका व्यवसायी अमित कात्याल पक्राउ, ३०० करोडभन्दा बढीको मनी लन्ड्रिङ आरोप

8 घन्टा पहिले प्रकाशित

एजेन्सी, मंसिर ४ गते । गुरुग्राममा घर खरिदकर्तासँगको ठूलो धोखाधडी प्रकरणसँग जोडिएको मनी लन्ड्रिङ काण्डमा प्रवर्तन निर्देशनालय (ईडी) ले रियल–एस्टेट व्यापारी तथा आरजेडी प्रमुख लालू प्रसाद यादवका नजिक मानिने अमित कात्याललाई पक्राउ गरेको छ। कात्याललाई सोमबार गुरुग्राम क्षेत्रीय कार्यालयमार्फत धन शोधन निवारण ऐन (PMLA) अन्तर्गत हिरासतमा लिएपछि मंगलबार विशेष अदालतले ६ दिनको ईडी हिरासत आदेश दिएको हो। कात्याल यसअघि २०२३ मा ‘जमिन–के–लिए–नौकरी’ काण्डसम्बन्धी अर्को मनी लन्ड्रिङ केसमा पनि पक्राउ परेका थिए, जसमा लालू प्रसाद, राबडी देवी र परिवारका सदस्यहरू संलग्न थिए। त्यसबेला उनी जमानतमा रिहा भएका थिए।

नवीनतम अनुसन्धान गुरुग्रामको सेक्टर–७० मा बनेको ‘क्रिश फ्लोरेंस एस्टेट’ परियोजनामा फ्ल्याट नबाँडिएको गम्भीर आरोपसँग सम्बन्धित छ। कात्यालको कम्पनी Angle Infrastructure Pvt. Ltd. द्वारा सञ्चालन गरिएको १४ एकडको उक्त परियोजना १० वर्षभन्दा बढी समयदेखि अधुरै छ, जसका कारण असन्तुष्ट घर खरिदकर्ताले दिवालियापन प्रक्रिया शुरु गरेका थिए। ईडीका अनुसार कात्यालले लाइसेन्स नपाउँदाअघि नै संभावित ग्राहकबाट पैसा उठाए र ३०० करोड रुपैयाँभन्दा बढी ‘अवैध आम्दानी’ संकलन गरे। थप अनुसन्धानमा कात्यालले सरकारी कर्मचारीहरूका लागि बन्ने परियोजनामा पनि ‘फर्जी बुकिङ’, ऋणको दुरुपयोग र करिब ८० करोड रुपैयाँ बराबरको बैंक क्षति गराएको पाइएको छ। गत अगस्टमा कात्यालमाथि क्रिश रियलटेक मार्फत ५०० करोड रुपैयाँको धोखाधडीसम्बन्धी तेस्रो आरोपपत्र दायर गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?